Section 5
मालपोत असुल तहसील गर्ने बारे अन्तरिम व्यवस्था
नेपाल सरकारले दफा ३ बमोजिम उन्मूलन भएको जिमिदारीको मालपोत असुल तहसील गर्ने अर्को व्यवस्था नगरेसम्म जिमिदारी उन्मूलन हुनु अघि मालपोत असुल तहसील गर्नुपर्ने कर्तव्य भएको व्यक्ति वा अरू कुनै तोकिएको व्यक्ति वा गाउँपालिका वा नगरपालिकाबाट तोकिएको शर्त अनुसार मालपोत असुल तहसीलको काम गराउन सक्नेछ ।